काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ७ विकेट गुमाउदै १५५ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्बाधिक ६३ रन बनाए भने शेल्डन ज्याक्सन र आरिफ सेखले २०–२० रन बनाएका थिए ।
त्यस्तै हरमित सिंहले १४, इशान पाण्डेले १३ र मुख्तर अहमदले १० रन बनाएका थिए ।
त्यस्तै विराटनगरका बलर मर्चेन्ट डि लांग र प्रतिस जिसीले २–२ विकेट लिएका थिए भने सुर्य तामाङ र साम हीजलेटले एक एक विकेट लिएका थिए ।

FACEBOOK COMMENTS