काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आज पहिलो क्वालिफायर खेलमा विराटनगरले टस जितेको छ ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंङ गर्ने भएको छ ।लिग चरणमा सुदूरपश्चिमले ७ खेलमा ६ जित हासिल गरेको थियो भने एक खेल विराटनगरसँग हारेको थियो ।
त्यस्तै विराटनगरले भने आफ्ना ७ खेलमा ५ खेलमा जित हासिल गरेको थियो र दुई खेलमा हार बेहोरेको थियो । विराटनगर लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भएको थियो ।
यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।
सुदूरपश्चिम रोयल्स पहिलो सिजनको उपविजेता टिम हो भने पहिलो सिजनमा लिग चरणबाट बाहिरिएको विराटनगरले यस सिजनमा दोस्रो स्थानमा रहदै पहिलो क्वालिफायर खेल्न लागेको छ ।

FACEBOOK COMMENTS