काठमाडौं । सोमबारदेखि सुरू हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) कान्तिपुर म्याक्सबाट लाइभ हुने भएको छ ।
नेपाल भरिका दर्शकका लागि लाइभ कान्तिपुर म्याक्सबाट देखाउने भएको हो । त्यस्तै विदेशमा स्टार स्पोट्र्सबाट लाइभ हुनेछ ।
इन्टरनेट प्रयोगक्ताका लागि डिश होम गोमा पैसा तिरेर हेर्न सकिनेछ ।
यसपालि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रात्रीकालमा पनि खेल हुने भएको छ ।
नेपालमा पहिलो पटक फ्लडलाइटको मुनि खेल हुन लागेको हो ।

FACEBOOK COMMENTS