काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।
केन्द्रीय बैंकले ९१ दिन अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको छ । भोली जारी हुने ट्रेजरी बिलका लागि आज सोमबार मध्यान्ह ३ बजे बोलकबोल हुनेछ । यो मंसिर २६ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । यो ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
यस्तै ट्रेजरी बिल धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने छ । यसमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक सहभागी हुन सक्नेछन् ।
FACEBOOK COMMENTS