काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएसँगै धमाधम निक्षेप तान्न थालेको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न १५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको छ ।
बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुको तरलता लिन लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन पाउनेछन् । ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।
यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
यसअघि केन्द्रीय बैंकले मंसिर १२ गते निक्षेप संकलन उपकरणमार्फत नै बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब निक्षेप तानेको थियो ।
FACEBOOK COMMENTS