काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।
९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । भोली जारी हुने ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले ९१ दिनका लागि ६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । ट्रेजरी फागुन २२ गते परिपक्व हुनेछ । १८२ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको छ । यो २०८१ जेठ २२ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ।
FACEBOOK COMMENTS