काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा २ अर्ब ४४ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले माघ ५ गतेदेखि २०८१ माघ ५ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको छ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ९५ करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ३६ करोड ६० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १२ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले पुस २२ गते बेलुका ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ ।
FACEBOOK COMMENTS