काठमाडौं । नेपाल राष्ट्र बैंक विकास ऋणपत्र मार्फत ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ ।
केन्द्रीय बैंकले ८ वर्ष अवधिका लागि ७ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्न लागेको हो ।
ऋणपत्रका लागि आइतबार आज दिउँसो २ बजे बोलकबोल हुने भएको छ । निष्कासन सोमबार हुनेछन् । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ ।
इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख गरिएको छ ।प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ ।
ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्ने सक्नेछन् ।
FACEBOOK COMMENTS