काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।
२८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । माघ २ गते जारी हुने ट्रेजरी बिलका लागि आज पुस २९ गते दिउँसो २ बजे बोलकबोल हुनेछ ।
बैंकले २८ दिन अवधिका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो फागुन १ गते परिपक्व हुनेछ । ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । यो २०८१ बैशाख ४ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने छ ।
FACEBOOK COMMENTS