काठमाडौं । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब रुपैयाँ तान्ने भएको छ ।
आज ९ उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मध्यान्न २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । केन्द्रीय बैंकले १४ दिन अवधिका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी माघ २३ गते हुनेछ ।
यसको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS