काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।
२८ दिन, ९१ दिन र १ वर्ष अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । फागुन २९ गते जारी हुने ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको छ । यसको अवधि ट्रेजरी बिल चैत २७ गते परिपक्व हुनेछ । ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । यो २०८१ जेठ २९ गते परिपक्व हुनेछ । १ वर्षको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको छ । यो २०८१ फागुन २७ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
FACEBOOK COMMENTS