काठमाडौं । राष्ट्र बैंक मार्फत सरकारले ८ अर्ब आन्तरिक ऋण उठाउन लागेको छ ।
विकास ऋणपत्रको आज दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । निष्कासन भने बुधबार हुनेछ ।
८ वर्ष अवधिका लागि ८ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८८ ‘झ’ जारी गर्न लागिएको हो । यसको भुक्तानी अर्धवार्षिक रुपमा हुने छ । खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ ।
ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।
FACEBOOK COMMENTS