काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याउने भनेको आगामी आर्थिक वर्षको मौद्रिक नीति आज नल्याउने भएको छ ।
सार्वजनिक गर्न आज बिहान सञ्चालक समिति बैठक डाकिएको थियो ।
तयारी नपुगेको भन्दै मौद्रिक नीति आज सार्वजनिक नगर्न लागेको स्रोतले बतायो ।
प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले बिहीबार प्रमुख आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गरेका थिए ।
पूर्व अर्थमन्त्री तथा पूर्व गर्भनरसमेत रहेका खतिवडालाई मौद्रिक नीतिबारे जानकारी गराउनु पर्ने भएको छ । यसले गर्दा समय नपुगेको बताइएको छ ।
FACEBOOK COMMENTS