काठमाडौं । नेपाल राष्ट्र बैंकले बढीमा दुई वटा लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ । यसअघि एक व्यक्तिले एउटा संस्थाबाटै ऋण लिन पाउने व्यवस्था थियो ।
नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको एकिकृत निर्देशन जारी गर्दैै मार्फत यस्तो व्यवस्था गरेको हो ।
‘बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा यस व्यवस्थाबमोजिमको कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन’ निर्देशनमा भनेको छ ।
क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य नहुने जनाएको छ ।
अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएरनलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट ९लघुवित्त वित्तीय संस्था समेत० कर्जा लिएरनलिएको यकीन गर्नुपर्ने निर्दशनले व्यवस्था गरेको छ ।
