काठमाडौं । निर्माण व्यवसायीले असारमा तिर्नुपर्ने बैंकको सावाँ ब्याज मंसिर महिनासम्म तिर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैैंकले एकीकृत निर्देशनमा स्रशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको २०८१ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याज २०८१ मंसिर मसान्तसम्म भुक्तानी गर्ने समयावधि थप गर्नुपर्नेछ ।
यस्तो कर्जाको ब्याजलाई पुँजीकरण गर्न नपाइने तथा पेनाल ब्याज-शुल्क-हर्जाना-ब्याजको ब्याज लिन पाइने छैन’ निर्देशनमा भनिएको छ, ‘तर छुट पाउने अवधिभित्र कर्जाको साँवा-ब्याज भुक्तानी नगरेमा पुर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।’
यस्तै निर्देशनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि चेक अनादर भएको कारणले मात्र निर्माण व्यवसायी संस्थालाई २०८१ मंसिर मसान्तसम्म कालोसूचीमा समावेश नगरिने जनाएको छ ।
FACEBOOK COMMENTS