काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँको ५० दरका ४२ करोड प्रति नोट छपाइ तथा आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै नोट सुरक्षित तरिकाले छपाइ गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो ।
बोलपत्र ‘सिङ्गल स्टेज टु इनभेलप’ प्रणालीबाट हुने तथा प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव पेस गर्नुपर्ने बताइएको छ । बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गते रहेको छ ।
FACEBOOK COMMENTS