काठमाडौं । नेपालसँग विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार फागुनसम्म उक्त रकम विदेशी विनिमय सञ्चिति रहेको छ ।
यो रकम फागुन मसान्तमा २३ अर्ब ८ करोड डलर पुगेको छ । २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलर रहेको थियो । यो अवधिमा १८.३ प्रतिशतले बढेको छ ।
हालको यो सञ्चिति बैंकिङ क्षेत्रसँग रहेको आयात क्षमताका आधारमा १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । वस्तु आयातलाई मात्र आधार मान्दा यो सञ्चिति २१.४ महिनाका लागि पर्याप्त छ ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २५.७ प्रतिशतले बढेर ३० खर्ब ३५ अर्ब ११ करोड पुगेको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग ३ खर्ब ७८ अर्ब ६६ करोड सञ्चिति रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको छ ।

FACEBOOK COMMENTS