काठमाडौं । नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योग,व्यवसाय (एसएमई) कर्जाको जोखिम भार घटाएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई आज निर्देशन जारी गर्दै भार घटाएको हो । अब ३ करोड रुपैयाँसम्मको एसएमई कर्जाको जोखिम भार ६० प्रतिशत कायम हुनेछ । यसअघि ७५ प्रतिशत रहेको थियो ।
अब बैंक तथा वित्तीय संस्थाहरुले कृषि, सूचना प्रविधि, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्दा ६० प्रतिशत जोखिम भार कायम गर्दा हुने छ ।
केन्द्रीय बैंकले कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सुरक्षित मानिएको घरजग्गा धितोको बजार मूल्यमा कम्तीमा २५ प्रतिशत अन्तर भएको हुनुपर्ने व्यवस्था राखेको छ ।
यो नयाँ व्यवस्था हो । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने आयोजनाको बीमा भने अनिवार्य गरेको हुनुपर्ने छ ।
