काठमाडौं । सरकारले गरेको सार्वजनिक बिदा र कार्यालय खुल्ने समय बैंक तथा वित्तीय संस्थामा पनि लागू भएको छ । आजदेखि बैंक तथा वित्तीय संस्था बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने छन् ।
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै बैंक तथा वित्तीय संस्थामा यो व्यवस्था लागू भएको छ ।
नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै सोमबारदेखि बैंक तथा वित्तीय संस्थालाई शुक्रबारसम्म बिहान ९ देखि अपराह्न ५ बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको छ । कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।