काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी १४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण अनुसार नेपालको प्रत्यक्ष वैदेशिक लागानी १४.८ प्रतिशतले वृद्धि भएको हो ।
केन्द्रीय बैंकले जारी गरेको सर्वेक्षण अनुसार नेपालमा आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई २२७ अर्ब ९५ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१।६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको देखिन्छ । चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
तथ्यांक अनुसार २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आउने देशमध्ये भारत सबैभन्दा अघि रहेको छ । सो अवधिमा भारतबा ७५ अर्ब ८१ करोड रुपैयाँ वैदेशिक लागानी भित्रिएको छ । त्यस्तै २०७८ साउन मसान्तसम्म चीनबाट ३३ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार २०७८ साउन महिनासम्म आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड, सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको देखिएको छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९।४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ ।
औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको छ ।
समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४।९ प्रतिशत रहेकोे छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
FACEBOOK COMMENTS