काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट १०० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने उपकरण जारी गर्न लागेको छ ।
बजारमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापन गर्न १०० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।
आज उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् १ सय अर्ब रुपैयाँ तान्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । केन्द्रिय बैंकले १३ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको जनाएको छ ।
साँवा र ब्याज भुक्तानी मिति कात्तिक १४ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS