काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले ९१, १८२ र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार मध्यान्न ३ बजे बोलकबोल हुनेछ । बैंकले ९१ दिन अवधिका लागि ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ । यो फागुन १६ गते परिपक्व हुनेछ ।
१८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । यो २०८० जेठ १६ गते परिपक्व हुनेछ । त्यस्तै, ३६४ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८० मंसिर १२ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
FACEBOOK COMMENTS