काठमाडाैं । नेपाल राष्ट्र बैंकले विभिन्न ९ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले ९ वटा बैंक, बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार कारवाहीमा पर्ने बैंकहरु बैंक अफ काठमाडू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, हिमालय बैंक, सनराइज बैंक, मेगा बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् ।
राष्ट्र बैंकले कृषि विकास बैंकलाई २० लाख रुपैयाँ जरिवाना तिराएको छ । सो बैंकले सम्पती सुद्दिकरण सम्बन्धी एन र निर्देशनको उल्लंघन गरेकाले यस्तो कारवाही गरेको केन्द्रिय बैंकले जनाएको छ ।
त्यसैगरी, बैंक अफ काठमाडू, प्रभु, कुमारी र प्राइम कमर्सियल बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले सचत गराएको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियामन विभागले रोक्का राख्न दिएका खाताहरुमा कारोबार गरेको पाइएकाले उनीहरुलाई केन्द्रिय बैंकले सचेत गराएको हो ।
यस्तै, हिमालयन, सनराइज, ग्लोबल आइएमई र मेगा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई सचेत गराएकाे राष्ट्र बैंकले जनाएकाे छ । राष्ट्र बैंकका अनुसार उनीहरूले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकिकृत निर्देशन २०७८ को निर्देशन नं.१५(३) (८) मा भएको व्यवस्था बमोजिम एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्थाको पालना नगरेकाले कारवाहीमा परेका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएकाे केन्द्रिय बैंकले जनाएकाे छ ।
यसैगरी, सनराइज र मेगा बैंकका संचालक समितिलाई बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकिकृत निर्देशन २०७८ को निर्देशन नं.१५ (३) (५) मा भएको व्यवस्था बमोजिम कुनैपनि कर्जा आधार दर भन्दा कम व्याजदरमा प्रवाह गर्न पाइने छैन भन्ने व्यवस्थाको पालना नभएको भन्दै केन्द्रिय बैंकले सचत गराएकाे छ । यसका साथै सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृत अवकाश हुदा थप सुविधा उपलब्ध गराएकोले पनि संचालक समितिलाई सचेत गराएको हाे ।
केन्द्रिय बैंकले मेगा बैंकका प्रमुख कार्यकारी अधिकृतसँगै प्रमुख कर्जा अधिकृतलाई पनि पहिलो पटकको लागि सचेत गराएको छ । बैंकले लगानी गरेका केही कर्जाहरु विगत तिन चार बर्ष देखी नियमित नभै कर्जा नविकरण हून नसकेका र कर्जाहरुको कुनै पनि विवरण समेत अद्यावधिक नभएको अवस्थामा बैंकले पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरी निरन्तर कर्जा भूक्तानी सीमा बढाएको तथा बैंकले एकीकृत निर्देशन ०७८/०२ को १३८२९ बमोजिम केही कर्जाहरुको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गरेको नदेखिएको साथै बैंकले मेगा हाउजिङ माेर्गेज लाेन अन्तर्गत लाेयल्टी फाइनान्स स्किम मार्फत् प्रवाह गरेको सम्पुर्ण कर्जा बक्यौता सांवा तथा व्याज असूल उपर गर्न उपभोग गरेको भन्दै उनीहरूलाइ सचेत गराएकाे हाे ।
FACEBOOK COMMENTS