काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने मिति निर्धाण गरेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को पहिलो संशोधन गर्दै मौद्रिक नीति सार्वजनिक गर्ने समय तोकेको हो ।
अब हरेक आर्थिक वर्ष सुरु भएको एक साता भित्र मौद्रिक नीति सार्वजनिक गरिनेछ । अब साउन ७ गते भन्दा ढिला गर्न पाइने छैन ।
संशोधित कार्यविधिमा वार्षिक मौद्रिक नीति तर्जुमाको लागि जेठ दोस्रो साताभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षाको लागि हरेक त्रैमास सकिएको १५ दिनभित्र मौद्रिक नीतिका लागि आवश्यक राय सुझाव माग गर्नुपर्ने छ ।
प्रप्त सुझाव आवश्यकता अनुसार वार्षिक मौद्रिक नीति तर्जुमाको लागि प्रत्येक वर्षको असार पहिलो सातादेखि र त्रैमासिक तथा अद्र्धवार्षिक समीक्षाको लागि हरेक त्रैमास सकिएको १५ दिन पछि अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल गरिनेछ ।
समितिमा छलफल सकिएपछि मौद्रिक नीतिको मस्यौदा उपर व्यवस्थापन समितिमा छलफल हुनेछ । त्रैमासिक र अर्धबार्षिक समीक्षा हरेक त्रैमास सकिएको ३० दिनभित्र सार्वजनिक गरिने कार्यविधिमा उल्लेख छ ।
FACEBOOK COMMENTS