काठमाडौं । नेपाल राष्ट्र बैंकको नियम विपरीत काम गर्ने ६ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीहरुलाई कारवाही गरेको छ ।
राष्ट्र बैंकको सुपरीवेक्षण विभागले राष्ट्र बैंकले तोके अनुसार अनिवार्य नगद मौज्दात, विपन्न कर्जा परिचालन र कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै कारवाही गरेको जनाएको छ ।
राष्ट्र बैंकले पहिलो त्रैमासमा अनिवार्य नगद मौज्दात र कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै कर्णाली विकास बैंकलाई जरिवाना गराएको छ ।
यस्तै सालपा विकास बैंकले अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएपछि जरिवाना तिराएको छ । राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी र सप्तकोशी डेभलपमेन्ट बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरे भन्दै जरिवाना गराएको छ ।
कर्जा निक्षेप अनुपात कायम नगरेका जानकी, समृद्धि र नेपाल फाइनान्सलाई राष्ट्र बैंकले जरिवाना गराएको छ । यस्तै प्रोग्रेसिभ फाइनान्सले अनिवार्य नगद मौज्दात कायम नगरेपछि कारवाहीमा गरेको छ ।
FACEBOOK COMMENTS