काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मार्जिनको व्यवस्था हटाएको छ ।
राष्ट्र बैंकले गत मंसिरमा निर्माण सामाग्री, प्लास्टिकजन्य सामान र मोटरसाइकल लगायत उपकरणका पाटपुर्जा आयात गर्दा नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो ।
बिहीबार एकीकृत परिपत्र जारी गर्दै सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको जनाएको छ । ‘विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ को इजाजत प्राप्त परिपत्रः ०१-२०७८ को दफा १.१७ लाई खारेज गरिएको हुँदा सोही बमोजिम गर्नु/गराउनु हुन विदेशी विनिमय (नियमित गर्न) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ,’ जारी परिपत्रमा उल्लेख छ ।
राष्ट्र बैंकले आयातको प्रतिपत्रमा ५० देखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यो सँगै आयातका लागि व्यवसायीले नगद मार्जिन राख्नु पर्दैन ।
FACEBOOK COMMENTS