काठमाडौं । राष्ट्र बैंकले सह-प्रवक्ताको जिम्मेवारी डा. डिल्लीराम पोख्रेललाई दिएको छ ।
आजदेखि लागू हुने गरी पोख्रेललाई सह-प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिइएको हो । यसअघि राष्ट्र बैंकको सह-प्रवक्ता तथा सूचना अधिकारीमा नारायणप्रसाद पोखरेल थिए ।
२०५८ सालदेखि राष्ट्र बैंकमा कार्यरत पोख्रेलले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
FACEBOOK COMMENTS