काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबारं) १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ७ दिनको अवधिको लागि राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) को अभाव भएकाले राष्ट्र बैंकले एक साताको लागि रिपो जारी गर्न लागेको हो । तरलताको अभाव भएपछि राष्ट्र बैंकले रिपो नामक उपकरणको प्रयोग गर्ने गरेको छ । यो रिपो वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र फाइनान्स कम्पनीको लागि जारी गर्न लागेको हो ।
FACEBOOK COMMENTS