काठमाडौँ । नेपाल राष्ट्र बैंकले ११ प्रकारका नोटहरू छपाइ गर्दै आएकोमा हाल चलनचल्तीमा रहेका सात प्रकारका नोटहरू मात्र छपाइ हुने बताएको छ।
तर रु १, २, २५ र २५० दरका नोटहरूको माग नभएको र छपाइ मूल्य महँगो परेकोले ती नोटहरू छाप्न बन्द गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताएका छन्।
रु २५ र २५० दरको नोट स्मारिका नोटका रूपमा पहिलो पटक विसं २०५३ मा छापिएको थियो भने छपाइ बन्द गरिएका नोटहरू सङ्कलनका लागि देशैभरका शाखाहरूलाई पत्राचार गरिएको राष्ट्र ब्याङ्कले जनाएको छ।
छपाई बन्द भएका नोटहरु संकलन कार्य जारी रहेकाले सर्वसाधाराण जनताले आफुसँग भएको नोट दाखिला गर्नु परेमा राष्ट्र बैंकको नजिकैैको कार्यालयमा सम्पर्क गरेमा राष्ट्र बैंकले नोटहरु खरिद गरिरहेको जनाएको छ । संकलित पुराना नोटहरु संग्रहालयमा राखिने जनाएको छ ।
FACEBOOK COMMENTS