काठमाडौं । कुनैपनि बैंक तथा वित्तिय संस्थाहरु गाभिने तथा प्राप्ति हुने अवस्थामा सम्बन्धित कम्पनीको शेयर कारोबार रोक्का गर्ने/नगर्ने व्यवस्था नेपाल धितोपत्र बोर्ड (सेबाेन) काे नियम अनुसार हुनेछ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे पाँचौं संशोधन मार्फत उक्त व्यवस्थाकाे समपूर्ण जिम्मा बोर्डलाइ दिएकाे हाे ।
यससँगै अब उप्रान्त कम्पनीहरु गाभिने वा प्राप्ती हुने प्रक्रियामा गएका कम्पनीको शेयर कारोबार रोक्का हुने वा नहुने बारे व्यवस्था बोर्डको नियम अनुसार हुनेछ ।
तर, बोर्डले यस सम्बन्धमा हालसम्म कुनैपनि नियम भने बनाएको छैन् ।
अब, बोर्डले यस सम्बन्धमा जस्तो नियम बनाउछ कम्पनीको शेयर रोक्का हुने वा नहुने भन्ने कुरो सोहि अनुसार हुनेछ । तसर्थ, अब कुनैपनि वित्तीय संस्था गाभिने वा प्रप्तीहुने अवस्थामा सम्बन्धीत कम्पनीको शेयर कारोबार रोक्का हुँन्छ या हुँदैन भन्नेबारे बोर्डको भावि नियममा भर पर्नेछ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मर्फत यस सम्बन्धकाे व्यवस्था बोर्डलाई जिम्मा दिएको थियो । सोहि अनुसार राष्ट्र बैंकले विनियमावली संशोधन गरेको हो ।
FACEBOOK COMMENTS