काठमाडौं । नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको अध्यक्ष बनेका छन् ।
कम्पनीको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई अध्यक्षमा मनोनयन गरेको हो । उनको कार्यकाल सोमबारदेखि नै सुरू भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरञ्जन फुयालले जानकारी दिए ।
ढुङ्गाना नबिल बैंकका पूर्वसीईओ हुन् । नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त हुने अपेक्षासहित उनले गत वर्षको चैत १२ मा राजीनामा दिएका थिए ।
भगर्नर बन्ने बाटो तत्काललाई बन्द भएपछि उनी गत फागुन १२ गते एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको सञ्चालक नियुक्त भएका थिए ।
FACEBOOK COMMENTS