काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले वर्णबास म्युजियम होटेलमा रणनीतिक लगानी गर्ने भएको छ । कम्पनीले होटेलको जारी पुँजीको ९.०९ प्रतिशत (संस्थापक शेयरको १४.२ प्रतिशत) स्वामित्व किनेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डलाई सोमबार गराएको जानकारीअनुसार कम्पनीले होटेलको १० लाख संस्थापक शेयर प्रतिकित्ता १२५ रुपैयाँको दरले किन्ने सम्झौता गरेको छ । यसअनुसार कम्पनीले कुल १२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछ ।
सम्झौताअन्तर्गत एनआरएन कम्पनीले वर्णबास म्युजियम होटेलको सञ्चालक समितिमा कम्तीमा एक प्रतिनिधि पठाउने अधिकार प्राप्त गरेको छ । दुई पक्षबीच शेयर खरिद–बिक्री सम्बन्धमा आइतबर सम्झौता भएको थियो ।
सम्झौतापत्रमा होटेलका अध्यक्ष राजेन्द्र बजगाईं र एनआरएन इन्फ्रास्ट्रक्चरका प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS