काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले कुमार पन्त नेतृत्वको कार्यसमितिलाई निष्क्रिय तुल्याउने र निर्वाचन आयोजना गर्ने जिम्मा संरक्षक समितिलार्ई प्रदान गर्ने परराष्ट्र मन्त्रालयको निर्णयविरुद्ध अदालतमा रिट दायर गरेको छ ।
उच्च अदालत पाटनमा उत्प्रेषणको आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध मुद्दा दायर गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । सरकार विरुद्धको उक्त निवेदनमा दशौँ महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिने मन्त्रालयको निर्णय गैरकानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पन्तले वर्तमान कार्यसमितिले नै चुनाव सम्पन्न गर्ने बताए ।
परराष्ट्रको कदमलाई अनुचित भएको बताउँदै उनले अदालतले उक्त कदमलाई सच्याउने अपेक्षा व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS