काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ७.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार रहेको छ ।
FACEBOOK COMMENTS