काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कारबाहीका निम्ति २४ घण्टे स्पष्टीकरणपत्र काटेको छ ।
परिषद्को स्वीकृति नलिईकन निर्वाचन प्रक्रिया अगाडि बढाइएको भन्दै स्थगन गर्न राखेपले यसअघि पटक–पटक पत्र काटेको थियो ।
एन्फाले त्यसको पालना नगरी उल्टो राखेपलाई पत्र लेख्दै निर्वाचनका निम्ति प्रतिनिधि पठाइदिन भनेपछि स्पष्टीकरण सोधिएको हो ।राखेपले पछिल्लोपटक बिहीबार एन्फालाई पत्र पठाएको थियो ।
उक्त पत्रमा निर्वाचन स्थगन गर्न र त्यसको लिखित जानकारी तीन दिनभित्र गराउन भनिएको थियो । एन्फाले निर्वाचन रोक्न नसकिने जवाफ पठाएको थियो । निर्देशन पालना नभएपछि राखेपले २४ घण्टे स्पष्टीकरणपत्र काटेको हो ।
राखेपको ‘निर्देशन कार्यान्वयन नगरी कानुनविपरीत कार्य गरेको हुँदा कारबाही किन हुनु नपर्ने हो ? २४ घण्टाभित्र सफाइ पेस गर्न’ स्पष्टीकरणपत्रमा भनिएको छ ।




FACEBOOK COMMENTS