काठमाडौं । पोखरा थन्डर्स एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको प्लेअफमा पुगेको छ ।
मङ्गलबार दशरथ रङ्गशालामा भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई २–० गोलले पराजित गर्दै पोखराले शीर्ष चारमा स्थान पक्का गरेको हो ।
पोखराका लागि आयुष घलानले दशौं मिनेटमा पहिलो गोल गरे । बियान्सी विलियम्सले ५८ मिनेटमा अग्रता दोब्बर पारेका थिए ।
जितसँगै पोखराले ६ खेलबाट ८ अङ्क जोडेको छ ।
यसअघि शीर्ष स्थानको धनगढी एफसी र दोस्रो स्थानको ललितपुर सिटी एफसीले पनि प्लेअफमा स्थान बनाएका थिए ।
धनगढी र ललितपुर दुवैले पाँच पाँच खेलबाट ११–११ अङ्क जोडेका थिए ।
FACEBOOK COMMENTS