काठमाडौं । नेपाल टेलिकमको फोर–जी र भीओएलटीई सेवामा समस्या उत्पन्न भएको छ ।
आज सोमबार दिउँसो २ बजेपछि यी दुई सेवामा समस्या उत्पन्न भइ इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ ।
कम्पनीको टू–जी र थ्री–जी सेवा भने नियमित रहेको बताइएको छ । फोर–जी र भीओएलटीई सेवामा आएको समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकमले जानकारी दिएको छ ।
कम्पनीले आफ्नो फेसबुक पेजमार्फत यसबारे जानकारी दिएको हो । उक्त जानकारीमाथि प्रतिक्रिया दिने कतिपय ग्राहकहरूले इन्टरनेट सेवामा समस्या आएलगत्तै आफ्नो डाटा प्याकहरू गायव भएको र अर्को प्याक लिन अनुरोध आइरहेको उल्लेख गरेका छन् ।
यस्तो छ, सूचना र प्रतिक्रिया–
FACEBOOK COMMENTS