काठमाडौं । नेपाल टेलिभिजनको आधिकारिक युट्युब च्यानल डिलिट भएको छ ।
कोहलपुर प्रसारणबाट अल जजिराको भिडिओ अपलोड भएको थियो । त्यसमा कपीराइट लागेको थियो । कोहलपुर प्रसारणका कर्मचारीले राखेको भिडिओका कारण युट्युब च्यानल डिलिट भएको जनाइएको छ ।
जसमा ८ लाखभन्दा बढी सब्सक्राइबर रहेका थिए । अहिले युट्युबमा राखेका सबै भिडिओ हटेका छन् । अहिले त्यही नाममा नयाँ च्यानल सुरु भएको छ । हाल नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्था अन्तर्गत सञ्चालित छ ।
नेपाल टेलिभिजनले सञ्चार मन्त्रालयले परराष्ट्र मन्त्रालयले कतारको दोहा स्थित राजदूत मार्फत अल जजिरालाई पत्राचार गरेका थियो ।
FACEBOOK COMMENTS