काठमाडौं । सरकारले २ लाख ५७ हजार ईम्बोस्ड नम्बर प्लेट उत्पादन गरेको छ । यातायात व्यवस्था विभागले २०७९ फागुनसम्म उत्पादितमध्ये ५१ हजार थप जडान भएका हुन् ।
असारसम्ममा स्थानबाट ईम्बोस्ड नम्वर प्लेटको जडान तथा वितरण हुँदै आएकोमा चालु आर्थिक वर्षदेखि पोखरा र बुटवलबाट समेत ईम्बोस्ड नम्वर प्लेट जडान तथा वितरण गर्ने कार्य सुरु भएको छ ।
२०७९ असारसम्म २ लाख २९ हजार ४ सय ३८ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भई ३३ हजार ९ सय ७२ थान जडानका लागि वितरण भएको थियो ।
चालु आर्थिक वर्षको फागुनसम्म थप ५ लाख २ हजार २२ सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड) प्रिन्ट भएको छ ।
२०७९ फागुनसम्म ३२ लाख ३१ हजार ४ सय ७५ रहेको छ । गत असारसम्म २७ लाख २९ हजार ४ सय ५३ सवारी चालक अनुमति पत्र प्रिन्ट भएको थियो ।
२०७९ असारसम्म ३१ यातायात व्यवस्था कार्यालय विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागू भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप गौर, चितवन, राजविराज, पाल्पा र चौरजहारीमा सो प्रणाली लागू भएको छ ।
FACEBOOK COMMENTS