काठमाडौँ । फक्सकनले एनभिडीयासँग मिलेर १.४ बिलियन डलर खर्च गरेर सुपरकम्प्युटिङ सेन्टर २०२६ को पहिलो आधा सम्ममा पूर्ण रूपमा सम्पन्न हुने बताएको छ ।
यो ताइवानको सबैभन्दा ठूलो र सबैभन्दा उन्नत ग्राफिक्स प्रशोधन इकाई क्लस्टर हुनेछ । २७ मेगावाटको डाटा सेन्टर एनभिडीयाको नयाँ ब्लाकवेल जीबी ३००० चिपमा चल्नेछ र एसियाको पहिलो जीबी ३०० एआइ डाटा सेन्टर पनि हुनेछ । यो जानकारी फक्सनको नयाँ एआइ इकाईले जानकारी दिएको छ ।
एनभिडीयाका उपाध्यक्ष एलेक्सिस ब्योर्लिनले द्रुत गतिमा अगाडि बढिरहेको जीपीयू प्रविधिको साथ, प्रत्येक कम्पनीको लागि छुट्टै सुविधाहरू निर्माण महँगो साबित भइरहेको छ ।
एप्पलको लागि आईफोनहरू एसेम्बल गर्ने फक्सकनले विद्युतीय सवारी साधन र एआइ डाटा सेन्टर व्यवसायहरूमा पनि द्रुत रूपमा विस्तार गरिरहेको छ । यो एनभिडियाको लागि एआइ र्याकहरूको एक प्रमुख निर्माता बनेको छ । यी विशेष सर्भर र्याकहरू एआइ कार्यभारहरू ह्यान्डल गर्न डिजाइन गरिएका छन् ।
एआई डाटा सेन्टरहरूको बढ्दो मागबाट फक्सकनले उल्लेखनीय लाभ उठाइरहेको छ। क्लाउड कम्पनीहरूले एआई अनुसन्धान र पूर्वाधारमा ठूलो लगानी गरिरहेका छन्। कम्पनीले २०२६ मा एआई मागले यसको वृद्धिलाई अझ तीव्र बनाउने बताएको छ। फक्सकनले एआई क्षेत्रमा वार्षिक २ देखि ३ अर्ब डलर लगानी गर्ने तयारी गरिरहेको छ।

एनभिडियाका रोबोटिक्स उत्पादन प्रबन्धक र कम्पनीका संस्थापक जेन्सेन हुआङका छोरा स्पेन्सर हुआङले एनभिडिया र फक्सकनले कारखाना र उत्पादन लाइनहरूमा एआई लागू गर्न मिलेर काम गरिरहेको बताए ।

फक्सकनका सीईओ लिउले कम्पनीले हाल प्रति हप्ता एक हजार एआई र्याक उत्पादन गर्न सक्छ र अर्को वर्ष थप क्षमता थप्नेछ । उनले कम्पनीका विद्युतीय सवारी परियोजनाहरू अब त्यस्तो चरणमा पुगेका छन् जहाँ प्रमुख अटोमेकरहरूले आफ्नो केही सवारी साधन उत्पादनको लागि फक्सकनलाई सम्झौता गर्न सक्छन् ।

जापानी इन्जिनियरहरूद्वारा डिजाइन गरिएको कम्पनीको ’मोडेल ए’ विद्युतीय सवारी साधन पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो। फक्सकनले चाँडै जापानमा नयाँ कम्पनी खोल्नेछ, जहाँ भविष्यमा मोडेल ए उत्पादन गरिनेछ ।

FACEBOOK COMMENTS