काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ शुक्रवार विहान बाँडफाँट भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा भएको बाँडफाँटमा भाग्यमानी २ लाख ९ हजार २५० जना आवेदकहरुले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर पाएका छन् । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरिदका लागि २२ लाख ५५ हजार ८४ जनाबाट २ करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन परेको थियो ।
जसमध्य १३ हजार ९४६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्ध गरिएको छ । योग्य २२ लाख ४१ हजार १३८ जना आवेदकहरुलाई गोलाप्रथामा सहभागी गराई आईपीओ बाँडफाँट गरिएको हो । यस आईपीओ खरिदका लागि आवेदन दिएका मध्य २० लाख ५२ हजारभन्दा बढी आवेदकहरुको हात खाली भएको छ । कम्पनीले सर्वसाधारणमा असोज १५ गतेदेखि १९ गतेसम्म आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणमा कुल २२ लाख ५० हजार कित्ता आईपीओ वितरण गरेको हो ।
कुल कित्तामध्य ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानीकोष र २ प्रतिशत दरको ४५ हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियोे ।
कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्नु अघि भदौ १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित स्थानिय र संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुमा आईपीओ विक्री खुला गरी असोज ६ गते बाँडफाँट गरेको थियो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयरमध्य स्थानिय वासिन्दाहरुमा १५ लाख कित्ता र संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुमा ३ लाख कित्ता शेयर वितरण गरेको हो ।
कम्पनीले लमजुङग जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको निर्माण लागत अनुमानित रू. ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रहेको छ । हाल कम्पनीमा संस्थापक शेयरधनी समूहबाट चुक्ताभएको ७३ प्रतिशत स्वामित्व १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले संस्थापक शेयर धनी तथा कर्मचारी र स्थानिय सहित सर्वसाधारणमा २७ प्रतिशत शेयर विक्री गर्नेछ ।
सर्वसाधारणमा समेत शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष ०७७/७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ दशमलव ९९ रहेको छ । यस अवधिसम्म कम्पनी ८ करोड ७७ लाख ६४ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।
FACEBOOK COMMENTS