काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि एक विशेष छुटको अफर ल्याएको छ ।
प्रभु क्यापिटल लिमिटेड र आगन्तुक रिसोर्टका बीचमा छुट अफरका लागि सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ्ग डाईरेक्टर सुरज बिष्टले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरुले आगन्तुक रिसोर्टबाट सेवा लिदा सबै सेवाहरुमा १५ प्रतिशत छुट अफर पाउने भएका छन् ।
हितग्राही ग्राहकहरुले सम्झौता अवधिदेखि आगामी १ वर्ष अर्थात २३ मंसिर २०८१ सम्मका लागि रिसोर्टमा यो छुट अफर पाउने छन् । अफरबाट लाभ लिने रिसोर्टमा प्रभु क्यापिटलमा आफ्नो डिम्याट खाता रहेको आधिकारिक प्रमाण (डिमयाट कन्फर्मेसन) तथा आफ्नो आईडी कार्ड देखाउनु पर्नेछ । जसको आधारमा रिसोर्टले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ ।
FACEBOOK COMMENTS