काठमाडौं । स्मार्टफोन बजारमा अग्रणी ब्रान्ड इन्फिनिक्स नेपालले प्रयोगकर्ताको अनुभवलाई अझ समृद्ध बनाउने र आफ्ना उपभोक्तालाई मनको शान्ति दिने दुई नयाँ ग्राहककेन्द्रित पहलहरूको घोषणा गरेको छ ।
साथै, इन्फिनिक्सले अझै पनि ब्यान्ड २० कनेक्टिभिटी सपोर्ट प्रदान गर्दै आइरहेको छ । अबदेखि सबै इन्फिनिक्स उपकरणहरूमा १८ महिनाको विस्तारित वारेन्टी उपलब्ध हुनेछ ।
सबै नयाँ इन्फिनिक्स मोडेलहरूमा उपलब्ध यो सुविधा ब्रान्डको गुणस्तर, भरपर्दोपन र ग्राहक सन्तुष्तिप्रतिको प्रतिबद्धतालाई झल्काउँछ । अब उपभोक्ताहरूले आफ्नो डिभाइसको थप सुरक्षासहित इन्फिनिक्स स्मार्टफोनका सबै विशेषताहरू आत्मविश्वासका साथ प्रयोग गर्न सक्नेछन् ।
वारेन्टी सुविधाको अतिरिक्त, इन्फिनिक्सले एकपटकको निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफर पनि ल्याएको छ। यो योजना २०८२ असार १७ गतेदेखि कात्तिक १४ गतेसम्म लागू हुनेछ ।
FACEBOOK COMMENTS