काठमाडौं । नेपालकै अग्रणी तथा स्थापित फर्निचर ब्रान्ड ‘सोफा हब काठमाडौं’ले देशव्यापी रूपमा भिडियो निर्माण प्रतियोगिताको घोषणा गरेको छ। आम सर्वसाधारण, कन्टेन्ट क्रिएटर, भिडियो मेकर तथा इन्फ्लुएन्सरहरूमा रहेको सिर्जनशील प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले आकर्षक नगद पुरस्कारसहित प्रतियोगिता सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार प्रतियोगितामा सहभागीहरूले सोफा हबको ब्रान्ड, गुणस्तरीय उत्पादन, शोरूम, ग्राहक अनुभव, सेवा तथा विशेष अफरलाई केन्द्रमा राखेर सिर्जनात्मक भिडियो निर्माण गर्न सक्नेछन्। कमेडी भिडियो, भाइन्स, प्रडक्ट रिभ्यु, शोरूम टुर, कस्टुमर एक्सपिरियन्स, होम डेकोर तथा इन्टेरियर इन्स्पिरेशनलगायत जुनसुकै सिर्जनात्मक शैलीमा भिडियो बनाउन सकिने जनाइएको छ।
प्रतियोगितामा सहभागी हुने प्रत्येक भिडियोमा कम्पनीका आधिकारिक शाखामध्ये कम्तीमा एउटा शाखा देखाइएको वा उल्लेख गरिएको हुनुपर्नेछ। हाल गोठाटार, बसुन्धरा, बिर्तामोड, चितवन, हेटौँडा, बुटवल, नेपालगञ्ज, पोखरा, धनगढी र महेन्द्रनगरमा सोफा हबका शाखा सञ्चालनमा रहेका छन् भने जनकपुरमा नयाँ शाखा सञ्चालनको तयारी भइरहेको कम्पनीले जनाएको छ।
त्यसैगरी, प्रत्येक भिडियोमा ‘Sofa Hub Monsoon Mega Sale Offer’ सम्बन्धी सन्देश अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। उक्त सन्देशमा सबै शाखामा मनसुन मेगा सेल सञ्चालनमा रहेको, भिडियोको स्क्रिनसट लिएर शोरूममा पुग्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने तथा आधिकारिक लोगो भएको शोरूमबाट मात्रै खरिद गर्न आग्रह गरिएको उल्लेख हुनुपर्नेछ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, विजेताका परिवारका सदस्यलाई आवश्यकताअनुसार रोजगारीको अवसर समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

प्रतियोगिताको मूल्याङ्कन चर्चित कलाकार तथा सञ्चारकर्मीहरूको निर्णायक मण्डलले गर्नेछ। निर्णायकमा अभिनेता तथा टेलिभिजन प्रस्तोता सन्दीप क्षेत्री तथा निर्देशक एवं कन्टेन्ट क्रिएटर सम्राट अधिकारी रहेका छन्। मूल्याङ्कनमा सिर्जनशीलतालाई ३० प्रतिशत, डिजिटल इन्गेजमेन्टलाई ३० प्रतिशत, ब्रान्ड प्रस्तुतीकरणलाई ३० प्रतिशत तथा भिडियो–अडियोको प्राविधिक गुणस्तरलाई १० प्रतिशत भार दिइनेछ।

सहभागीहरूले ३० सेकेन्डदेखि ३ मिनेटसम्मको स्पष्ट अडियो–भिडियो गुणस्तर भएको मौलिक सामग्री तयार गर्नुपर्नेछ। कपीराइट उल्लङ्घन भएको सामग्री फेला परे सहभागिता स्वतः रद्द हुनेछ भने एआई प्रयोग गरिएको भए स्पष्ट रूपमा खुलाउनुपर्ने कम्पनीले जनाएको छ।

तयार गरिएको भिडियो फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबमा ‘पब्लिक मोड’मा अपलोड गर्नुपर्नेछ। अपलोड गर्दा #sofahubkathmandu, #nepalsno1sofafactory र #brandedsofa लगायत आधिकारिक ह्यासट्याग प्रयोग गर्नुका साथै सम्बन्धित शाखालाई मेन्सन गर्नुपर्नेछ। सहभागीहरूले सामाजिक सञ्जालमा अपलोड गरिएका भिडियोको लिंक तथा व्यक्तिगत विवरण कम्पनीले उपलब्ध गराएको आधिकारिक गुगल फर्ममार्फत बुझाउनुपर्नेछ।
भिडियो बुझाउने अन्तिम मिति असार ३० गते तोकिएको छ भने पुरस्कार घोषणा साउन १ गते गरिने कम्पनीले जनाएको छ।