काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीसहित २० सांसद ११ दिने चीन भ्रमणमा निस्किएका छन् ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल आज विहान चीन प्रस्थान गरेको हो । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायत सहरको भ्रमण गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा चीनले प्रविधि, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन, औद्योगिक विकास तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा हासिल गरेका उपलब्धिबारे अध्ययन गरिने रास्वपाले जनाएको छ ।
चीनको कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा, औद्योगिक उत्पादन तथा उद्यमशीलता विकासका विषयमा अध्ययन गर्नेछ । चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो । भ्रमण टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको छ ।