काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले डिजलको मूल्य प्रति लिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ ।
सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजलको मूल्य प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मुल्य प्रतिलिटर ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।
यता मट्टीलेतको मूल्य भने घटाएको छैन् ।
पेट्रोलको बिक्री मूल्य प्रति लिटर १७५ रुपैयाँ, डिजलको बिक्री मूल्य प्रतिलिटर १६५ रुपैयाँ र मट्टीतेलको मुल्य प्रतिलिटर १७५ रुपैयाँ रहेको छ ।
यस्तै, आन्तरिक र बाह्य तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS