काठमाडौं । सरकारले सार्वजनिक गरेको बजेटमा भन्सार महसुल वृद्धि हुँदा मुलुकमा सञ्चालित वनस्पति घ्यु तथा तेल उत्पादन गर्ने उद्योगहरु संकटग्रस्त अवस्थामा पुगेको नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जनाएको छ ।
बजेट सार्वजनिक भएसंँगै संघका अध्यक्ष विकास दगडका अनुसार हाल मुलुकमा २५ वर्ष देखि सञ्चालित २६ वटा उद्योगहरु संकटग्रस्त अवस्थामा रहेको बताए । अघिल्लो वर्ष एक प्रतिशत भन्सार महसुल भएको अवस्थामा सरकारले एकाएक १० प्रतिशत भन्सार महसुल पुर्याउँदा थप समस्या सिर्जना भएको विज्ञप्तिमा भनिएको छ ।
आर्थिक ऐन २०७९ ८० मा भन्सार महसुल दर १० प्रतिशत थियो भने उक्त दररेट संशोधनले २०७९ भदौमा १० प्रतिशतबाट भन्सार महसुललाई एक प्रतिशतमा सीमित गरेको थियो । तर अहिलेको बजेटले पुन १० प्रतिशतनै पुराएको छ ।
उद्योगहरुका अनुसार आर्थिक क्षेत्रको पछिल्लो शिथिलताका कारण आर्थिक वर्ष २०७९र८० को १० महिनामा समग्र उद्योगलाई करिब एक हजार करोडभन्दा बढीको घाटा भएकोले आएकर तिर्न नसकेको भनाई छ ।
विगत तीन वर्षको अवधिमा मुलुकमा रहेका उद्योगहरुले करिब तीन अर्ब रुपैयाँ बराबर राजश्वमा योगदान दिएको वनस्पति घ्यू तेल उत्पादक संघले जनाएको छ।
FACEBOOK COMMENTS