काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले पेट्रोलको मूल्य प्रति लिटर ७ रुपैयाँ ५० पैसा, डिजेलको मूल्य प्रति लिटर ६ रूपैयाँ र मट्टीतेलमा प्रतिलिटर ५ रूपैयाँ मूल्य घटेको छ ।
यस्तै आन्तरिकतर्फको हवाई इन्धनमा प्रति किलो लिटर १४ रूपैयाँ, अन्तर्राष्ट्रिय हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलो लिटर १५00 रूपैयाँले घटाएको छ । निगमले आज राती १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो ।
FACEBOOK COMMENTS