काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्यवृद्धि गरेको छ ।
आज बसेको निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ तथा पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएको हो ।
नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुनेछ ।
निगमनले पेट्रोलको मुल्य लिटरमा ५ रुपैयाँले बढाएको छ । यसअघि पट्रोलको मुल्य प्रतिलिटर १७० देखि १७३ रुपैयाँसम्म थियो । अहिले त्यो बढाएर १७५ देखि १७८ रुपैयाँसम्म पुर्याइएको हो ।
यस्तै, डिजेल र मट्टीटेलको मुल्य लिटरमा १४ रुपैयाँले बढाइएको छ । यसअघि यसको मुल्य प्रति लिटर १५०.५० देखि १५३ रुपैयाँसम्म थियो । अब भने प्रतिलिटर १६४.५० रुपैयाँदेखि १६७ रुपैयाँसम्ममा डिजेल र मट्टीतेल किन्न सकिने छ ।
FACEBOOK COMMENTS