काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
नेपाल निगमका अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मटितेल ३ रुपैयाँ बढेको हो ।
बढेको मूल्य शुक्रबार रातिदेखि लागू हुनेछ । आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ १२ पैसा तथा डिजेलमा २ रुपैयाँ ९१ पैसा मूल्य बढेको छ ।
काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८३ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर एक सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर रु एक सय ७२ र डिजेलरमट्टितेल प्रतिलिटर एक सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ८० रुपैयाँ ५० पैसा र डिजेलरमट्टितेल प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ ।
FACEBOOK COMMENTS